+
+

गीतकार सतिश चापागाईंले ल्याए ‘अरबमा घाम छ’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २८ गते २१:०६

काठमाडौं । गीतकार सतिश चापागाईंको नयाँ गीत ‘अरबमा घाम छ’ युट्युवमा सार्वजनिक भएको छ । धन कमाउन अरबमा विदेशिन बाध्य नेपाली श्रमिकको कथाव्यथा प्रस्तुत गर्ने यो गीत मर्मस्पर्शी लाग्छ ।

नेप्लिज डायस्पोराको युट्युव च्यानलबाट सार्वजनिक गीतमा दीप घतानीको संगीत, सतिशको शब्द र संजीव बराइलीको स्वर तथा एरेन्ज छ । विभोर पोखरेल निर्देशित गीतको भिडियोमा दीप घतानी, सीमा क्षेत्री र मिरेश अधिकारी फिचर्ड छन् ।

गीतको भावअनुसार भिडियो निर्माण गरिएको छ । वैदेशिक रोजगारीको दुःखान्त पाटोलाई समेटिएको यो गीत दशैंको छेकोमा सार्वजनिक गरिएको हो । गीतले औषत नेपाली युवा विदेशिन बाध्य हुनुपर्ने कारणलाई चित्रण गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?