+

एसिडिटी भएमा के-के खानुहुँदैन ?

पेटमा एसिडिटी

पेटमा एसिडको मात्रा बढी हुने समस्या एसिडिटी हो । धेरै खानेकुरा अपच हुनेगरी खाँदा वा धेरैबेर पेट खाली राख्दा पेटमा एसिडिटीको समस्या बढ्छ ।

एसिडटीका कारण

अमिलो, पिरो, तारेको, पोलेको खानेकुरा पनि एसिडटीका कारण हुन् । चुरोट खाने, चिया र कफी बढी खाने, बासी खाना खाने, खाना खानासाथ सुत्नेहरुमा एसिडिटीको समस्या बढी देखिन्छ ।

Advertisement

एसिडिटीका लक्षण

एसिडिटी हुँदा पेट पोल्ने, पेट ढुस्स हुने, थोरै खाए पनि अघाएको जस्तो हुने, पेटको माथिल्लो भाग दुख्ने हुन्छ । पेट, छाती र घाँटीमा जलन हुने, अमिलो डकार आउने, बान्ता हुने गर्छ ।

एसिडिटीको जोखिम

एसिडिटीको समयमै उपचार नगरेमा दिसामा रगत देखिने, कालो दिसा आउने, मलद्वारबाट रगत बग्ने जस्ता समस्या बढ्दै गएमा बिरामीको मृत्यु समेत हुन सक्छ ।

एसिडिटी भएकाले मासु खान हुन्छ ?

एसिडिटी भएका व्यक्तिले मासुका परिकार नखानु उपयुक्त हुन्छ । मासुका परिकार पचाउन समय लाग्ने र पेटमा पनि धेरैबेरसम्म रहने भएकाले यसले फ्याट र एसिड बढाउँछ ।

दूधजन्य खानेकुरा

दूधभन्दा दही खानु राम्रो हुन्छ । दहीमा ल्याक्टो ब्याक्टेरिया हुन्छ, जसले अमिलोलाई काट्न मद्दत गर्छ । एसिडिटी भएको व्यक्तिले दही, दूध, भात खान मिल्छ तर दूधको चिया भने खान मिल्दैन ।

यी खानेकुरा खानै हुन्न

एसिडिटीको समस्या भएकाले दूधको चिया, जंकफुड, बिस्कुट, चाउचाउ, चिप्स, तारेको, भुटेको, पोलेको खानेकुरा खानुहुँदैन । यसैगरी मसालेदार खानेकुरा, चिसो पेय, सुर्तीजन्य पदार्थ सेवन गर्नुहुँदैन ।