+

वर्ल्ड कम्ब्याट मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ३ पदक

२०८१ असोज  २९ गते १६:४७ २०८१ असोज २९ गते १६:४७
वर्ल्ड कम्ब्याट मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ३ पदक

२९ असोज, काठमाडौं। आईसीओ वर्ल्ड कम्ब्याट मार्सल आर्ट्स च्याम्पियन्सिपमा नेपाली खेलाडीले २ स्वर्ण र १ कांस्य गरी ३ पदक जितेका छन् ।

जर्मनीको फ्रेङफर्टमा भएको प्रतियोगितामा निराजन मुक्तानले दोहोरो स्वर्ण जित्दा इजिकेल परियारले कांस्य जितेको नेपाल उमा कुङफु संघका महासचिव भूपेन्द्र गुरुङले जनाएका छन् ।

महासचिव गुरुङका अनुसार निराजनले किक बक्सिङको पुरुष ६० केजीमुनि फाइनलमा इङल्यान्डका खेलाडीलाई पराजित गरी स्वर्ण जिते । त्यसअघि उनले फ्रान्स, जर्मनी र युक्रेनका खेलाडीलाई हराएका थिए ।

निराजनले अर्को स्वर्ण चाइनिज फम्सको नान् छ्वानमा जितेका हुन् । यो स्पर्धामा निराजनले जर्मनी, युक्रेन, साइप्रस, इङल्यान्ड र स्कोटल्यान्डका खेलाडीलाई पछि पारेका थिए ।

इजिकेलले किक बक्सिङको पुरुष ७०–७५ केजीमा कांस्य हात पारे । इजिकेल सेमिफाइनलमा जर्मनीका खेलाडीसँग पराजित भएका थिए । अघिल्ला चरणमा भाइब बक्सिङ क्लबका प्रशिक्षक समेत रहेका इजिकेलले इङल्यान्ड र स्कोटल्यान्डका खेलाडीलाई पाखा लगाएका थिए ।

इन्टरनेसनल कम्ब्याट अर्गनाइजेसन (आईसीओ), जर्मनीको आयोजनामा भएको प्रतियोगितामा विभिन्न ३० राष्ट्रका ७ सय ५ खेलाडीको सहभागिता रहेको आदिवासी खेलकुद संघ नेपालका अध्यक्ष समेत रहेका महासचिव गुरुङले जनाएका छन् ।

नेपाल मार्सल आर्ट्स वर्ल्ड कम्ब्याट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय