
३० असोज, काठमाडौं । नेशनल कन्फ्रेन्स पार्टी (एनसीपी) का नेता उमर अब्दुल्ला जम्मू कश्मीरको मुख्यमन्त्री बनेका छन् । उनले बुधबार मुख्यमन्त्रीको शपथ लिएका हुन् ।
हालै सम्पन्न विधानसभा निर्वाचनमा एनसीपी-कांग्रेस गठबन्धनले बहुमत पाएको थियो ।
९० सदस्यीय विधानसभामा एनसीपीको एक्लैले ४२ सिट जितेको छ भने गठबन्धनको अर्को दल कांग्रेसेले ६ सिट जितेको छ । कम्युनिस्ट पार्टी अफ इण्डिया, आम आद्मी पार्टीका साथै स्वतन्त्र सांसदहरुको समेत अब्दुल्लालाई समर्थन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4