+
+

यसवर्ष धेरै हेरिने दशैं गीत बन्यो हेमन्त शर्माको ‘आउँथ्यो दशैं’

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३० गते १५:४३

काठमाडौं । हेमन्त शर्माको गीत ‘आउँथ्यो दशैं’ यसवर्षको दशैं छेकोमा युट्युवमा सबैभन्दा धेरै पटक हेरिने दशैं गीत बनेको छ । दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमासम्म यो गीतलाई ७० लाखभन्दा बढी पटक हेरिएको छ ।

शर्माकै शब्द र संगीत रहेको गीतलाई मेलिना राई र हेमन्तले गाएका छन् । यो गीत दशैं याममा टिकटक, रिल्स लगायतका प्लाटफर्ममा निकै चलेको छ । हेमन्तको यो पहिलो दशैं गीत पनि हो ।

तर, विष्णु माझीको दशैं गीत ‘परदेशी मेरो परदेशी’ भने खासै चलेन । यो गीतलाई पनि कोजग्रत पूर्णिमासम्म जम्मा ३ लाख ४४ हजार पटक मात्र हेरिएको छ ।

सुन्दरमणी अधिकारीको शब्द र संगीत रहेको यो गीतलाई माझीले डेढ महिनाको अन्तरालमा ल्याएकी हुन् । उनको तीज गीत ‘आइन आमा यो तीजैमा’ युट्युवमा निकै चर्चा बटुलेको थियो ।

माझीको दशैं गीतले भने निराशाजनक भ्यूज प्राप्त गरेको छ । उर्गेन दोङको दशैं गीत ‘दशैं लाग्यो’लाई २७ लाख पटक हेरिएको छ जुन सन्तोषजनक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?