+
+

प्रधानमन्त्रीसँग जापानी राजदूतले गरे भेट

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३० गते १६:२६

३० असोज, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेट गरेका छन् ।

भेटका अवसरमा दुई देशबीचको परम्परागत सम्बन्ध, दुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललगायत सहभागी भेटका अवसरमा बाढीपहिरोबाट प्रभावित बिपी राजमार्ग पुनः निर्माणमा जापान सरकारबाट हुनसक्ने सहयोगका विषयमा पनि छलफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?