+
+

विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई २५ हजार डलरसम्म सटही सुविधा

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ३० गते १७:१०

३० असोज, काठमाडौं । विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा खुलेका शिक्षण संस्थाले सम्बन्धन, परीक्षा लगायत शुल्क भुक्तानीका लागि २५ हजार अमेरिकी डलरसम्म सटही सुविधा बैंकबाटै पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन सम्बन्धी एकीकृत निर्देशिका संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । यसअघि १२ हजार डलरसम्म बैंक र त्यसभन्दा बढीका लागि राष्ट्र बैंकको स्वीकृति चाहिन्थ्यो ।

अब २५ हजार डलरभन्दा माथिको सटही सुविधाका लागि राष्ट्र बैंकले तोकेका कागजात सहित राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागको स्वीकृति चाहिने छ ।

‘बैंक तथा वित्तीय संस्थाहरूले विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपाल सरकारको अनुमति लिई खुलेका नेपालस्थित शिक्षण संस्थाहरूलाई सम्बन्धन, परीक्षा लगायतका शुल्कहरूको भुक्तानीका लागि देहाय बमोजिमका कागजात लिई अमेरिकी डलर २५ हजार वा सोबराबर अन्य परिवत्र्य विदेशी मुद्रासम्मको सटही सुविधा उपलब्ध गराउन सक्नेछन्,’ राष्ट्र बैंकको निर्देशनमा छ ।

विदेशबाट फर्किएका वा विदेशी मुद्रा साथमा भएका नेपालीले विदेशी मुद्रा सटही गर्दा प्राप्तिको स्रोत खुलाउनुपर्ने भएको छ । प्राप्तिको स्रोतमा वैदेशिक भ्रमणबाट फिर्ता भएको भए व्यावसायिक/औपचारिक, व्यक्तिगत भ्रमण, शिक्षा, उपचार कुन हो भन्ने खुलाउनुपर्ने हुन्छ । त्यस्तै पेन्सन, रेमिट्यान्स र अन्य स्रोत भए त्यसलाई खुलाउनुपर्ने व्यवस्था गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?