+
+

कैलालीमा साढे २० क्विन्टल चिनी बरामद

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १ गते ११:३७

१ कात्तिक, धनगढी । कैलालीमा साढे २० क्विन्टल चिनी बरामद भएको छ ।

कैलारी गाउँपालिका-८ को लौंसाबाट बिहीबार भारतबाट ल्याइएको १६ लाख ८७ हजार मूल्य बराबरको चिनीसहित गाडी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हसुलियाको टोलीले

सुपप्र०१००१च३९५७ नम्बरको गाडीसहित अवैध चिनी बरामद गरेको हो ।

प्रहरीका अनुसार ५० किलो तौल भएका ४१ बोरा अवैध चिनी बरामद गरिएको हो ।

बरामद चिनी र गाडी आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?