+
+

ग्लोबल आईएमई बैंकका ग्राहकलाई एजिलस डायग्नोस्टिकमा १५ प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १ गते २०:३७

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकले एजिलस डायग्नोस्टिक नेपालमा उपलब्ध प्याथोलोजी परीक्षण शुल्कमा १५ प्रतिशत छुट पाउने भएका छन् ।

छुट सम्बन्धी समझदारी पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख बजार व्यबस्थापक दिलीप पोखरेल र एजिलस डायग्नोस्टिक नेपाल प्रालिका फाइनान्स प्रमुख दिपक खड्काले हस्ताक्षर गरे ।

समझदारी अनुसार बैंकका ग्राहकले एजिलस डायग्नोस्टिक नेपालमा उपलब्ध ल्याबसम्बन्धी सेवा बापतको भुक्तानीका लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका योजना ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?