+
+

गोल्डेन नेपाली फिल्म अवार्ड डिसेम्बर २१ मा

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ४ गते ८:४४

काठमाडौं । पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड २०२४ आगामी पुस ६ गते (डिसेम्बर २१)मा आयोजना हुने भएको छ । अमेरिकामा आयोजना गर्ने भनिएको यो अवार्डको मिति एक महिना पछि सरेको हो ।

नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपतिय चुनावलाई लक्षित गर्दै अवार्डको मिति सारिएको आयोजकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । चुनावले गर्दा पाहुनाको सुरक्षा र आवागमनमा हुने कडाइ तथा असहजताले गर्दा पूर्वनिर्धारित मितिभन्दा पछि सारिएको नेपाल संयोजक सुनिल कटुवालले जनाएका छन् ।

अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियास्थित रिचमन्ड मेमोरियल अडिटोरियमको ४०३ सिभिक सेन्टर प्लाजामा अवार्ड हुने जनाइएको छ । २२ डिसेम्बरमा बार्केलेमा नेपाली कलासंस्कृति, भेषभुषा झल्कने झाँकीसहित प्रभातफेरि र नेपाल डे परेड आयोजना गरिने जनाइएको छ ।

सोही दिन साँझ नेपाली सेलिब्रेटीसँग ‘मिट एण्ड ग्रिट’ क्रुज पार्टी आयोजना गरिने जानकारी बिज्ञप्तीमा उल्लेख छ । २०८० साउनदेखि ०८१ असार मसान्तभित्र हलमा प्रदर्शन भएका फिल्मले अवार्डको प्रतिस्पर्धामा भाग लिने जनाइएको छ ।

एक विशिष्ट फिल्मकर्मीलाई दीर्घ साधना सम्मान दिइनेछ । नेपालबाट झण्डै ४० कलाकार अमेरिका पुग्नेछन् । अवार्डको जुरीमा शिव श्रेष्ठ, सुनिल थापा, दीपाश्री निरौला, गौरीशंकर धुजु, सुनिल कटुवाल र लक्ष्मण सुवेदी छन् । होस्ट नरेश भट्टराईले गर्नेछन् ।

हिमालय फाउन्डेसन कर्प, गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीया, लाइटे ल अफिस, सोम्नामे ग्रुप एलएलसी (यति रेष्टुरेन्ट),राजपुत ग्रुप एलएलसी, पाण्डे रियाल्टी तथा टाइटल स्पोन्सर हिमालयन हवले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?