+
+

१ अर्ब कमाउने पहिलो नेपाली फिल्मको ब्यानर बन्यो आमा सरस्वती मूभिज

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ४ गते २०:०८

काठमाडौं । आमा सरस्वती मूभिज १ अर्ब रुपैयाँ कमाउने पहिलो नेपाली फिल्म निर्माता कम्पनी बनेको छ । यसले निर्माण गरेका ८ फिल्मको कूल कमाइले उक्त आँकडा पार गरेको जनाइएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कम्पनी प्रमुख, निर्माता तथा अभिनेता दीपकराज गिरीले उक्त जानकारी दिएका थिए । प्रदर्शनको दशौं दिन शनिबारसम्म ‘छक्कापञ्जा ५’को कमाइ जोड्दा फिल्मले सय करोडभन्दा धेरै कमाउने कम्पनीको कीर्तिमान रचेको गिरीले जनाए ।

‘छक्कापञ्जा ५’को १५ करोड ग्रससहित कूल ८ फिल्मको कलेक्सन १ अर्ब १२ करोड रुपैयाँ पुगेको हिसाब उनले पेश गरे । ‘शनिबारको कमाइसँगै घरेलु फिल्ममा हामीले यो ऐतिहासिक उपलब्धि कायम गरेका छौं’ गिरीले अनलाइनखबरसँग भने, ‘यसले हामीलाई नेपाली फिल्म निर्माताको रुपमा गौरवान्तित तुल्याएको छ ।’

‘छक्कापञ्जा’को पहिलो भागले १६ करोड, दोस्रो श्रृंखलाले १४ करोड, तेस्रो भागले २० करोड, चौंथो भागले १९ करोड, ‘छ माया छपक्कै’ले १४ करोड, ‘६ एकान ६’ले ७ करोड, ‘वडा नम्बर ६’ले ७ करोड कमाइ गरेको आमा सरस्वती मूभिजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?