+
+

मुख्यसचिवको आह्वानमा सचिवहरूको बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ५ गते ९:५७

५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नेपाल सरकारका सचिवहरूको बैठक जारी छ ।

मुख्यसचिव एकनारायण अर्यालको आह्वानमा बसेको बैठक सोमबार बिहान साढे ९ बजेबाट जारी छ । प्रत्येक महिनाको पहिलो सोमबार बस्ने यो नियमित बैठक हो ।

बैठकमा विपद् संकटग्रस्त क्षेत्र घोषित पालिकाहरूमा राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम लगायतका विषयमा छलफल गर्ने एजेण्डा रहेको एक सचिवले जानकारी दिए ।

त्यस्तै, बैठकमा मन्त्रालयहरूको प्रगति विवरण, कर्मचारी सरुवाको मापदण्ड मस्यौदाका बारेमा पनि छलफल हुनेछ । सचिवहरूलाई सेवा प्रवाह सुधारमा मुख्य सचिव अर्यालले निर्देशन दिने पनि बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?