+

नवीन न्याैपाने पुरुष फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षक नियुक्त

२०८१ कात्तिक  ५ गते १३:५९ २०८१ कात्तिक ५ गते १३:५९
नवीन न्याैपाने पुरुष फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षक नियुक्त

५ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षकमा नवीन न्याैपाने नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले न्यौपानेलाई सोमबार एन्फा कम्प्लेक्समा नियुक्ति पत्र हस्तान्तरण गरे ।

त्यस्तै, चेतन घिमिरेलाई सहायक प्रशिक्षकमा र नवीन महर्जनलाई अन्तरिम गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी दिइएको छ ।
उनीहरुलाई पनि सोमबार महासचिव राईले नियुक्ति पत्र प्रदान गरे ।

न्याैपाने नेतृत्वको कोचिङ टोलीले आगामी नोभेम्बरमा ताजिकिस्तानसँग हुने मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय टोलीलाई प्रशिक्षण दिनेछ ।
नेपाली टोली मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तान जाने तयारीमा छ ।

एन्फा नवीन न्यौपाने फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय