+
+
साफ वुमन्स च्याम्पियनसिप :

माल्दिभ्सविरुद्ध रेखाको ह्याट्रिक

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ५ गते १८:४२

५ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालकी रेखा पौडेलले माल्दिभ्स विरुद्ध ह्याट्रिक पूरा गरेकी छन् ।

सोमबार दशरथ रंगशालामा भइरहेको खेलमा ४८ औं मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरेकी हुन् ।

यसअघि उनले खेलको ३२ र ४२ औं मिनेटमा गोल गरेकी थिइन् । काठमाडौंमा जारी साफ वुमन्स च्याम्पियनसिपमा यो पहिलो ह्याट्रिक हो । उनको ह्याट्रिकसँगै नेपालले माल्दिभ्सविरुद्धको खेलमा ५-० को अग्रता लिएको छ ।

नेपाली खेलाडीले साफ वुमन्स च्याम्पियनसिपमा २०१६ पछि पहिलो पटक ह्याट्रिक गरेको हो । सन् २०१६ मा भारतको सिलगुडीमा भएको चाैथाै संस्करणको साफमा सावित्रा भण्डारीले माल्दिभ्स विरुद्ध नै ह्याट्रिकसहित ५ गोल गरेकी थिइन् ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?