
पर्याप्त पानी पिउने
मिर्गौला स्वस्थ राख्न प्रशस्त पानी पिउनुपर्छ। पानीले शरीरमा भएका विषाक्तलाई पिसाबको माध्यमबाट शरीर बाहिर निकाल्न सहयोग गर्छ । त्यसैले, मिर्गौलाका लागि दैनिक ८-१० गिलास पानी पर्याप्त हुन्छ।

मिर्गौलामैत्री खानेकुरा
मिर्गौला स्वस्थ राख्न ताजा फलफूल तथा तरकारीको सेवन पर्याप्त गर्नुपर्छ। नुन लगायत रक्तचाप बढाउने खानेकुरामा भने नियन्त्रण गर्न आवश्यक छ ।

तौल नियन्त्रण
मोटोपनले रक्तचाप बढ्ने, इन्सुलिन प्रतिरोधात्मक क्षमता बढ्ने र टाइप-२ मधुमेह भई मिर्गौलामा तनाव परी क्षतिग्रस्त बनाउन सक्छ । तौल नियन्त्रण गर्न योग गर्ने, हिंड्ने, पौडी खेल्ने वा खानामा क्यालोरी कटौती गरी तौल कम गर्नुपर्छ ।

रगतमा चिनीको मात्रा नियन्त्रण गर्नुहोस्
रगतमा चिनीको मात्रा अनियन्त्रित भए कालान्तरमा मिर्गौलामा हानि पुग्छ ।

रक्तचाप निगरानी
मिर्गौलालाई क्षति पुर्याउने प्रमुख कारणमध्ये उच्च रक्तचापको नाम अग्रपंक्तिमा आउँछ । उच्च रक्तचाप नियन्त्रित नभए कालान्तरमा मिर्गौला अस्वस्थ हुन पुग्छ ।

प्रशोधित खानेकुरा नखाने
प्रशोधित खानेकुरामा प्रायः सोडियम, अस्वस्थकर बोसो र मिर्गौलालाई हानि गर्ने रङ तथा खाद्य संरक्षकहरू हालिने हुँदा मिर्गौला चाँडै क्षतिग्रस्त हुनसक्छ ।

धूम्रपान नगर्ने
धूम्रपानको धुवाँमा निहित निकोटिन र कार्बन मोनोअक्साइड तत्वले मिर्गौलाको रक्त प्रवाह कम गरी क्षति पुर्याउँछ ।

औषधिको प्रयोगमा सजगता
दुखाइ कम गर्ने नन–स्टेरोइडल एन्टी–इन्फ्लेमेटरी ड्रग्स, (ब्रफ्रेन, नेप्रोक्सेन, सिटामोल), उच्च रक्तचापको औषधि, पिसाब धेरै लगाउने हाइड्रोक्लोरोथायजाइड, फुरोसेमाइड जस्ता औषधि, ग्यास्ट्रिकको औषधि, केही एन्टिबडी लगायत अन्य औषधिहरूले पनि मिर्गौलालाई क्षति पुर्याउन सक्छन् ।

जडीबुटीको प्रयोग
पुनर्नवा, तुलसी, सिस्नो, बेसार टुकीफूल अश्वगन्धा जस्ता जडीबुटीको चिया वा काँडाको सेवनले मिर्गौला स्वस्थ राख्न मद्दत गर्छ । तर जडीबुटीको सेवन गर्नुपूर्व चिकित्सकको सल्लाह लिन अति आवश्यक छ ।

तनाव व्यवस्थापन
मिर्गौला स्वस्थ राख्न तनाव, चिन्ता, भय, उदासीनता, नैराश्यता जस्ता मानसिक समस्याबाट बच्नुपर्ने हुन्छ । तनाव कम गर्न योगासन, ध्यान, प्राणायाम गर्ने, पर्यास्त सुत्ने र शारीरिक रूपले सक्रिय हुनुपर्छ ।