+

इंग्ल्याण्डका टम मुर्सले लुम्बिनीबाट एनपीएल खेल्ने

२०८१ कात्तिक  ७ गते १२:४५ २०८१ कात्तिक ७ गते १२:४५
इंग्ल्याण्डका टम मुर्सले लुम्बिनीबाट एनपीएल खेल्ने

७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्सले इंग्ल्याण्डका विकेटकिपर ब्याटर थोमस जेम्स (टम) मुर्सलाई अनुबन्ध गरेको छ ।

लुम्बिनीले बुधबार सामाजिक सञ्जालमार्फत मुर्सलाई एनपीएलका लागि अनुबन्ध गरेको जनाएको हो ।

नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल मार्की प्लेअर रहेको लुम्बिनीले पहिलो विदेशी खेलाडी अनुबन्ध गरेको हो ।

२८ वर्षीय मुर्सले इंग्ल्याण्डको यू-१९ टिमबाट खेलेका छन् । उनले सन् २०१६ मा बंगालदेशमा भएको आईसीसी यु-१९ विश्वकप खेलेका थिए । यस्तै उनले विभिन्न टी-२० फ्रेन्चाइज लिग खेलेका छन् । उनले विश्वभर गरेर १४७ टी-२० खेल खेलेका छन् ।

एनपीएलका लागि पहिलो विदेशी खेलाडी अनुबन्ध गर्दा उत्साहित रहेको लुम्बिनी लायन्सले जनाएको छ ।

एनपीएलको पहिलो संस्करण आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुँदैछ । जसमा लुम्बिनीसहित ८ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

इंग्ल्याण्ड टम मुर्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय