+
+

सुशासन सुटिङ गरेर देखाउने विषय होइन : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ७ गते १५:३०

७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई होइन, कानुनलाई गुरु मानेको बताएका छन् ।

सरकारको १०० दिनको अवसरमा बुधबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण र सुशासन एकछिनको हल्लाबाजी र सुटिङ गरेर देखाउने विषय नभएको बताए । उनले भने, ‘यसले सुशासनको प्रणालीका रुपमा गति लिनुपर्छ ।’

भ्रष्टाचारी समातियो भनेर केही समय हल्ला मच्चिने, तर परिणाम भ्रष्टचार बढ्दै जाने होइन, परिणाममा भ्रष्टाचार नियन्त्रण हुने कानुनी प्रणाली स्थापित हुने पद्धति बसाल्ने सरकारको प्राथमिकता भएको उनले बताए ।

‘भ्रष्टाचारको कसुरमा फस्ने त्रास र त्यसबाट उम्किने आकांक्षा भ्रष्ट र भ्रटाचारका मतियार जोगाउने उद्देश्यका साथ देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्वहरु सक्रिय रहेको हामीले देखिरहेका छौं’ उनले भने, ‘सरकारले विकास र सुशासनका लागि सही दिशामा काम अगाडि बढाएकाले भ्रष्टहरुको मोर्चा बन्नु बेग्लै कुरा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?