
काठमाडौं । दक्षिण भारतीय सुपरस्टार प्रभासले आफू अभिनित प्रतीक्षित फिल्म ‘सलार’को दोस्रो श्रृंखलाको छायांकन बुधबारदेखि थालेका छन् । जन्मदिनको अवसर पारेर उनले ‘सलार : शौर्याङ्गा पर्वम्’को छायांकन थालेका हुन् ।
यसअघि ‘केजीएफ’ श्रृंखला र ‘सलार : सिज फायर’ जस्ता हिट फिल्म निर्देशन गरेका प्रशान्त नीलको यो नयाँ फिल्मले पहिलो भागमा स्थापित शक्ति संघर्ष, बदला र मुक्तिको कथालाई अघि बढाउँछ ।
अहिलेको छायांकन तालिका २० दिनका लागि तय रहेको र तीव्ररुपमा दृश्य खिच्ने लक्ष्य राखिएको छ । फिल्ममा प्रभासले पृथ्वीराज सुकुमारनको साथमा आफ्नो भूमिकालाई पुनः प्रस्तुत गर्नेछन् ।
‘सलार’को भाग १ ले यसअघि नै दर्शकमाझ महत्वपूर्ण प्रभाव छाडेको छ । भारतीय बक्स अफिसमा ७०० करोड (सबै भाषामा) कमाएको छ । हिन्दी टिभीको प्रिमियरमा यसलाई ३० मिलियन दर्शकले हेरेको बताइन्छ ।
ओटीटी प्लाटफर्ममा फिल्मले २०० दिनभन्दा बढी समय शीर्ष ट्रेन्डिङ पनि कायम गरेको थियो । यो फिल्म बाहेक प्रभास ‘राजा साहेब’ र ‘कल्की २’ मा व्यस्त छन् ।
प्रभासको जन्मदिनको अवसरमा बुधबार उनको आगामी फिल्म ‘राजा साब’को फस्टलुक पोस्टर पनि सार्वजनिक भएको छ ।
प्रतिक्रिया 4