+
+

कोटेश्वरबाट महिला अपहरणको सूचनापछि प्रहरी परिचालन

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ७ गते १७:४१

७ कात्तिक, काठमाडौं । काठमाडौंको कोटेश्वरबाट एक जना महिला अपहरणमा परेको भन्दै प्रहरीसमक्ष सूचना पुगेको छ ।

बन्धक बनाएर फिरौती मागेको भन्ने सूचना पाएपछि अपराध अनुसन्धान कार्यालय, टेकुको टोली अनुसन्धानमा परिचालित भएको छ ।

प्रहरी स्रोतका अनुसार, कोटेश्वरबाट अपहरण गरेर ती महिलालाई ललितपुरमा राखिएको प्रारम्भिक सूचना आएको छ । प्रारम्भिक जाँचमा वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी गरेको विषय यो घटनासँग जोडिएको हुनसक्ने देखिएको प्रहरीले बताएको छ ।

थप विवरण खुल्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?