+
+

नेपाल औषधि लिमिटेडले भन्यो-सिटामोल पर्याप्त छ

बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खरिदबिक्री

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ८ गते ८:४५

८ कात्तिक, काठमाडौं । नेपाल औषधि लिमिटेडले आफूले उत्पादन गरेको सिटामोलको अभाव नभएको जनाएको छ ।

देशभर डेंगुको संक्रमण बढेको बेला सिटामोल सहजै नपाइएको गुनासो आइरहेका बेला लिमिटेडले सिटामोल नियमित उत्पादन गरिरहेको र अभाव पनि नरहेको जनाएको हो ।

नेपाल औषधि लिमिटेडका बिक्री महाशाखा प्रमुख रेणुका प्रसाद रेग्मीले अनलाइनखबरसँग भने, ‘हामीसँग सिटामोल पर्याप्त छ र नियमित रुपमा उत्पादन/बिक्रीवितरण भइरहेको छ ।’

उनका अनुसार डेंगु संक्रमणका बेला सिटामोल सहज उपलब्ध गराउने उद्देश्यले लिमिटेडको बबरमहलस्थित कार्यालयको बिक्री महाशाखाको काउन्टरबाट जो कोहीले पनि सिटामोल खरिद गर्न सक्नेछन् । सिटामोल खरिदबिक्रीका लागि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्मको समय निर्धारण गरिएको छ ।

यसअघि कोरोना महामारीको समयमा पनि लिमिटेडले यसैगरी समय निर्धारण गरी सिटामोल खरिदबिक्रीको प्रबन्ध मिलाएको थियो । सिटामोल नेपाल औषधि लिमिटेडको प्रमुख उत्पादन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?