
८ कात्तिक, काठमाडौं । केही दिन यता लगातार बढेर हरेक दिन जसो नयाँ रेकर्ड बनाउँदै गएको सुनको मूल्य बिहीबार भने घटेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा केही गिरावटसँगै बिहिबार नेपाली बजारमा पनि सुनको मूल्य घटेको छ ।
बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ६०० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ । बुधबार तोलाको एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भएर हालसम्मकै उच्च मूल्य पुगेको सुन बिहिबार तोलामा ७०० रुपैयाँले घटेको हो ।
बिहीबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । बुधबार तोलाको २१३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार २०९५ मा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4