+

नन्दन फाडनिस लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा नियुक्त

२०८१ कात्तिक  ८ गते १४:१४ २०८१ कात्तिक ८ गते १४:१४
नन्दन फाडनिस लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा नियुक्त

८ कात्तिक, काठमाडौँ। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)का लागि नन्दन फाडनिसलाई मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको छ ।

गोवा क्रिकेट संघमा खेलाडीहरूलाई प्रशिक्षण गरेका फाडनिसले यो भन्दा अगाडि नेपालको राष्ट्रिय क्रिकेट टिमलाई पनि प्रशिक्षण गरिसकेका छन् ।

नेपाली राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेल मार्की प्लेअर रहेको लुम्बिनीले यसअघि राष्ट्रिय टिमका पूर्व खेलाडी शक्ति गौचनलाई कन्सलट्यान्ट प्रशिक्षक नियुक्त गरिसकेको छ ।फाडनिसले लुम्बिनीको प्रशिक्षक बन्दा खुशी व्यक्त गर्दै राम्रो नतिजा हासिल गर्ने विश्वास व्यक्त गरे ।

मुख्य प्रशिक्षक नन्दन फाडनिसले भने, ‘लुम्बिनी लायन्स क्लबमा हेड कोचको रुपमा समावेश हुन पाउँदा म अत्यन्तै उत्साहित छु । रोहित पौडेलको कुशल नेतृत्वमा लुम्बिनी लायन्सले उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गर्नेछ भन्ने कुरामा म विश्वस्त छु ।‘

त्यस्तै क्लबका मालिक इश्वर जिसीले फाडिनसले नेपाल र भारत दुवै देशको क्रिकेट र क्रिकेटरसँग काम गरेकोले रणनीतित बनाउन सहज हुने बताए ।

जिसीले भने, ‘नन्दन फाडनिसलाई हेड कोचको रुपमा नियुक्त गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं । उहाँले नेपाल र भारत दुवैको क्रिकेट र क्रिकेटरहरुलाई राम्रोसँग नियाल्नु भएको हुँदा क्लबको आगामी रणनिती तय गर्न निकै सहज हुनेछ । त्यस्तै भारतको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) मा पनि प्रशिक्षण गरेको वहाँको अनुभवले हाम्रा खेलाडीहरुलाई विजय हासिल गर्न राम्रो मार्गदर्शन प्राप्त हुनेमा हामी विश्वस्त छौं ।’

फाडनिसको उपस्थितीले लुम्बिनी लायन्सले लिगमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास क्लबले लिएको छ ।

नन्दन फाडनिस लुम्बिनी लायन्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय