+
+

विपद्‍मा राजमार्गका यात्रुले सरकारको प्रशंसा गरेका थिए : भौतिकमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ८ गते १७:२३

८ कात्तिक, काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपद्को समयमा राजमार्गमा दुःखकष्टका साथ यात्रा गरेका यात्रुले सरकारको काम देखेर प्रशंसा गरेको दाबी गरेका छन् ।

आफ्नो सय दिने कार्यकालमा भएका कामको सूची सार्वजनिक गर्न बिहीबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।

‘स्वभाविक रूपमा जनताले दुःख पाउने भई हाले, जो यात्रुहरू यात्रामा हुनुहुन्थ्यो, उहाँहरूबाट यो बीचमा सरकारले नसोचेको काम गर्‍यो भन्ने प्रतिक्रिया मैले पनि पाएको छु,’ उनले भने ।

यात्रा कष्टकर भए पनि यात्रुले विभिन्न स्थानमा सरकारले यति छिटै बाटो खोलेर सहज बनाएको भन्दै धन्यवाद दिएको उनको दाबी छ ।

कतिपय स्थानमा आलोचना भए पनि त्यसलाई ग्रहण गर्दै काम गरिरहेको उनले बताए ।

वर्षा र बाढीको प्रकोप नभएको भए भौतिक मन्त्रालयले धेरै काम गर्न सक्ने भन्दै उनले जनअपेक्षाको दाजोमा मन्त्रालयले कम प्रगति गरेको भने स्वीकार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?