+
+

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक फेरिए

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ९ गते १२:१०
डा. जगदिश्वर कर्माचार्य र कमलराम जोशी (दायाँ)

९ कात्तिक, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक (डिजी) फेरिएका छन् ।

अघिल्ला महानिर्देशक डा. जगदिश्वर कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा पठाएर मन्त्रालयका जल तथा मौसम महाशाखा प्रमुख कमलराम जोशीलाई विभागमा ल्याइएको छ ।

जोशी सोमबारदेखि नै विभागमा हाजिर भएका छन् । जोशीले पहिले पनि विभागको महानिर्देशक भएर काम गरेका थिए ।

जोशीले २०५२ सालमा विद्युत् विकास विभागबाट हाइड्रोलोजिस्टको रुपमा सेवा प्रवेश गरेका थिए ।  २०६६ सालमा सिनियर डिभिजनल हाइइड्रोलोजिस्टरको रुपमा उनी विभागमा जोडिएका थिए ।

२०७५ सालमा विभागको उपमहानिर्देशक बनेका जोशी २०७८ फागुनदेखि महानिर्देशक बनेका थिए ।

विभागमा १८ महिना बिताएपछि जोशीको सरुवा भएको थियो र जल तथा ऊर्जा आयोगमा रहेका डा. कर्माचार्य विभागमा महानिर्देशक बनेर आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?