+
+

श्रीश भण्डारीको उपन्यास ‘अकथित’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १० गते ११:०१

१० कात्तिक, काठमाडौं । श्रीश भण्डारीको उपन्यास ‘अकथित’ सार्वजनिक भएको छ ।

यो उपन्यास बालबालिका र किशोरकिशोरीबीच बढ्दो परपीडक प्रवृत्तिका रूपमा देखा परेको बुलिङ्को विषयवस्तुमा आधारित छ ।

आफ्नै साथी, साना वा कमजोरलाई शारीरिक तथा मानसिक पीडा पुर्‍याएर आफू आनन्दित हुने प्रवृत्तिका कारण किशोर-किशोरीको व्यक्तित्व विकासमा आउन सक्ने अड्चन र उनीहरूले सामना गर्नुपर्ने कठिनाइलाई उपन्यासमा उजागर गरिएको छ ।

इटर्नल पब्लिकेसनले बजारमा ल्याएको यस उपन्यासमा प्रविधि प्रयोगमा आएको व्यापकतासँगै पछिल्लो समय सामाजिक सञ्जालमार्फत् अनावश्यक सन्देश पठाउने, अश्लील शब्द, तस्वीर वा भिडियो पठाउने वा त्यस्तै भाषा प्रयोग गरेर दुःख दिने हर्कतलाई पनि समेटिएको छ ।

उत्प्रेरणात्मक पुस्तक ‘अठोट’का लेखक श्रीश भण्डारीको यो चौथो पुस्तक हो । उपन्यासको मूल्य २७५ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?