
भ्रम : महिनावारीको समयमा निस्कने रगत अशुद्ध हुन्छ ।
महिनावारी रगत न त अशुद्ध हो न त यसले शरीरबाट कुनै किसिमको विषाक्त पदार्थ निकाल्छ । हरेक महिनामा महिनावारी हुँदा सन्तान उत्पादनका लागि सक्षम छ भन्ने प्रमाण र जरुरी प्रक्रिया हो।

भ्रम : महिनावारी हुँदा यौनसम्पर्क गर्नुहुँदैन ।
महिनावारी हु्ँदा यौनसम्बन्ध कायम राख्दा महिलालाई कुनै दुखाइ वा समस्या छैन भने यौनसम्पर्क गर्न मिल्छ । तर सुरक्षित साधनको भने प्रयोग गर्नुपर्छ ।
Advertisement

भ्रम : महिनावारीमा प्रयोग हुने ‘महिनावारी कप’ को प्रयोगले कुमारीत्व भंग हुन्छ ।
महिनावारी कप र कुमारीत्व (भर्जिनिटी) बीच कुनै सम्बन्ध छैन । बरु, यो साधन अत्यन्त मुलायम हुने भएकाले छालमा कुनै किसिमको हानि नगर्नुका साथै प्रयोग गर्न सहज पनि छ ।

भ्रम : महिनावारीमा प्रयोग हुने प्याड वा पेन्टी अरुले देखे बिगार पार्न सक्छन् ।
बिगार अर्थात् त्यसमा हुने रगतको दागको गलत प्रयोग गरी पाठेघरको अवस्था खराब पार्ने अन्धविश्वास हो ।