+

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक बर्खास्त

२०८१ कात्तिक  १२ गते १८:२५ २०८१ कात्तिक १२ गते १८:२५
म्यानचेस्टर युनाइटेडका प्रशिक्षक बर्खास्त

१२ कात्तिक, काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड क्बलका मुख्य प्रशिक्षक इरिक टेन ह्याग बर्खास्तीमा परेका छन् । साढे २ वर्षदेखि क्लबको प्रशिक्षक रहेका ह्यागलाई सोमबार क्लबले बर्खास्त गरेको हो ।

आइतबार मात्रै म्यानचेस्टर युनाइटेड वस्टहाम युनाइटेडसँग २–१ गोलले पराजित भएको थियो । वेस्टहामसँग हार ब्यहोरेको २४ घण्टा नबित्दै ह्यागलाई क्लबले बर्खास्त गरेको हो ।

गत समरमा ह्यागको सहायकको रुपमा क्लबमा सामेल भएका रुड भान निस्टेलरोयलाई अन्तिरम प्रशिक्षकको जिम्मेवारी दिइएको छ ।

वेस्टहामसँगको हारसँगै म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको १४ औं स्थानमा छ । प्रिमियर लिगका अहिलेसम्मका ९ खेलमध्ये ३ खेलमा मात्रै म्यानचेस्टर युनाइटेडले जित निकालेको छ ।

फुटबल म्यानचेस्टर युनाइटेड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय