+
+

स्वर्णलक्ष्मी सहकारीमाथि अनुसन्धान गर्दै प्रहरी, २४ जनाविरुद्ध पक्राउ पूर्जी जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १३ गते २०:३०

१३ कात्तिक, काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको फाइल झिकाएर जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान अघि बढाएको छ ।

यसअघि प्रहरी वृत्त कालीमाटीमा जाहेरी परेपछि त्यहीँबाट अनुसन्धान सुरु भएको थियो । अहिले जिल्ला प्रहरी परिसरले कालीमाटीबाट फाइल झिकाएर अनुसन्धान अघि बढाएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि उक्त फाइल परिसर झिकाएर प्रहरीले अनुसन्धानलाई तिव्रता दिएको छ ।

परिसर स्रोतका अनुसार २४ जनाविरुद्ध पक्राउ पूर्जी समेत जारी भएको छ । पक्राउ परेकाहरुको विवरण भने प्रहरीले गोप्य राखेको छ । यो सहकारीका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई हुन् ।

यो सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?