+
+

नबिल बैंकको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १४ गते १०:००

१४ कात्तिक, काठमाडौं । नबिल बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको संचालक समिति बैठकले सेयरधनीलाई करसहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

यस बैंकको सेयरहोल्डरले प्रतिकित्ता १० रुपैयाँका दरले नगद लाभांश पाउने छन् । यो लाभांश आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकले यो पटक घोषणा गरेको लाभांश हालसम्मकै न्यून हो । बैंकले गत वर्ष ११ प्रतिशत नगद लाभांश दिएको थियो भने अघिल्लो वर्ष ११.५ प्रतिशत नगद र १८.५० प्रतिशत बोनससहित कुल ३० प्रतिशत लाभांश दिएको थियो ।

मंगलबार बजार बन्द हुँदा यस बैंकको सेयर मूल्य प्रतिकित्ता ५९१ रुपैयाँ ८० पैसा छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । वार्षिक प्रतिसेयर आम्दानी २९ रुपैयाँ ८३ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?