+
+

प्रतीक्षित नेटफ्ल्क्सि सिरिज ‘स्क्विड गेम’ सिजन २ को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १६ गते २०:३०

काठमार्डौ । नेट्फिल्क्सले बहुप्रतीक्षित सिरिज ‘स्क्विड गेम’ सिजन २ को ट्रेलर सार्वजनिक गरेको छ । विश्वब्यापी पर्खाइबीच सार्वजनिक ट्रेलरले दर्शकलाई उत्सुकता जगाउने पक्का छ ।

यसमा पनि ४५६ जना खेलाडी ज्यान जोखिममा हालेर खतरनाक एरिनामा भिड्न तयार छन् ।

बाल खेलहरूको घातक श्रृंखला जितेको ३ वर्षपछि सियोङ जि-हुन पुनः नया खेलका लागि मैदानमा फर्किएको छ । यसपटक उनी सयौं नयाँ प्रतिद्धन्द्धीसँग सामेल भएको छ र उनीहरुलाई सुरक्षित तुल्याउनेतर्फ लागेको छ । उक्त पात्रको भूमिकामा ली जंग-जेले अभिनय गरेका छन् ।

दक्षिण कोरियाको यो बहुचर्चित वेब-सिरिजले ४५६ व्यक्तिलाई पछ्याएको थियो जो ऋणमा डुबेर निराश थिए । ऋण तिर्ने उद्देश्यले ठूलो नगद पुरस्कार जित्न उनीहरु मृत्युसँग पैठेजोरी खेल्छन् ।

स्ट्रिमिङको २८ दिनमै यसलाई १११ मिलियन दर्शकले नेटफिल्क्समा हेरेका थिए । नेटफ्ल्क्सिको यो सबैभन्दा धेरै हेरिने सिरिज बनेको थियो । डरलाग्दो मास्क लगाएका गार्डहरूले प्रतियोगितामा पात्रहरूको नयाँ कलाकारलाई स्वागत गर्दै ट्रेलर सुरुवात हुन्छ ।

तिनीहरूलाई रेड लाइट र ग्रीन लाइटसहितको आफ्नो पहिलो खेलको लागि पठाइएको छ जुन सिजन एकबाट पनि परिचित छ । खेलमा ठूलो मेकानिकल पुतलीको पछाडि फर्किएको बेलामा खेलाडीहरूले अन्तिम रेखा तर्फ अघि बढ्नुपर्छ । नत्र हानेर मारेको देखिन्छ ।

जि-हुन मात्र सिजन एकको खेलमा बाँचे । यसपटक उनी आफूलाई फिनिस लाइनमा लैजाने प्रयत्न गर्दै र वरपरका खेलाडीलई सुरक्षित तुल्याउन प्रयास गरेको देखिन्छ । दोस्रो सिजन डिसेम्बर २६ देखि स्ट्रिमिङ सुरु हुनेछ ।

तेस्रो तथा अन्तिम सिजन सन् २०२५ मा रिलिज हुने नेटफ्ल्क्सिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?