+

लिग टु क्रिकेटमा नेपालले स्कटल्याण्डसँग खेल्दै

२०८१ कात्तिक  १९ गते १०:५० २०८१ कात्तिक १९ गते १०:५०
लिग टु क्रिकेटमा नेपालले स्कटल्याण्डसँग खेल्दै

१९ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग  टु अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेल स्कटल्याण्डसँग खेल्दैछ ।

नेपाल र स्कटल्याण्डबीचको खेल डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

स्कटल्याण्डविरुद्ध यसअघिको पहिलो खेल ५ विकेटले जितेको नेपाल त्यो प्रदर्शनलाई कायम राख्न चाहन्छ । तर घरेलु टोद्यी अमेरिकाविरुद्धको दुवै खेल हारेको नेपाल दबाबमा छ ।

स्कटल्याण्डलाई नेपालले १५४ रजमा अलआउट गर्दै २९.५ ओभरमा १५७ रन बनाउँदै जित निकालेको थियो । अमेरिकाविरुद्ध पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ३७ रनले पराजित भएको थियो ।

स्कटल्याण्डले भने अमेरिकालाई दुवै खेलमा पराजित गरेको थियो । लिग टु को यस सिजनमा स्कटल्याण्ड र अमेरिकाले २-२ खेल जितेर समान ४ अंक जोडेका छन् । नेपालले भने ३ खेलबाट २ अंक मात्र जोडेको छ । अब सिरिजको अन्तिम खेल जित्दै सुखद रुपमा अमेरिका टुर सकाउने नेपालको लक्ष्य छ ।

स्कटल्याण्डविरुद्ध हेड टु हेडमा नेपाल अघि छ । अहिलेससम्म यी दुई टोलीले कूल ७ ओडीआई खेल खेल्दा नेपालले ४ खेल जितेको छ भने स्कटल्याण्डले ३ खेल जितेको छ ।

लिग टु मा अहिलेसम्म अमेरिका र क्यानडाले १२ खेल खेल्दै समान १६ अंक जोडेका छन् । तर नेटरनरेटमा अमेरिका अघि रहँदै शीर्ष स्थानमा छ ।

स्कटल्याण्ड १० खेलबाट १३ अंक जोडेर तेस्रो स्थानमा छ । नेपाल ११ खेलबाट ५ अंकसहित सातौं स्थानमा छ । लिग टु मा अहिलेसम्म नेपाल सबैभन्दा धेरै ८ खेलमा पराजित भएको छ । नेपालभन्दा पछि यूएई मात्र छ । यूएईले ९ खेलमा २ खेल जित्दै ४ अंक जोडेको छ ।

आईसीसी लिग टु नेपाली क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय