+
+

रौतहटमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १९ गते १२:३८

१९ कात्तिक, काठमाडौं । रौतहटमा पेस्तोलसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

आज दिउँसो राजदेवी नगरपालिका-९ ब्रहमपुरीबाट ४२ वर्षीय राजेश सिंह पक्राउ परेका हुन् ।

भिनाजु नाता पर्ने संजिव सिंहको भट्टी पसलबाट उनलाई सशस्त्रको बेलविछवा बीओपीको टोलीले नियन्त्रणमा लिएको हो ।

उनको साथबाट एउटा कुवा पेस्तोलसहित त्यसमा लाग्ने तीन राउण्ड गोली र एउटा खोका बरामद भएको छ ।

उनलाई नेपाल प्रहरीलाई जिम्मा लगाइने सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?