+
+

उत्तराखण्ड बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३६ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १९ गते १७:११

१९ कात्तिक, काठमाडौं । भारत उत्तराखण्डको अल्मोडामा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।  नैनीडाँडादेखि रामनगरतर्फ जाँदै  गरेको बस सोमबार बिहान दुर्घटनामा परेको थियो ।

भारतीय सञ्चार माध्यमका अनुसार बसमा सवार १५ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् । उनीहरुमध्ये ३ जनालाई थप उपचारका लागि हवाई उद्धार गरिएको थियो । उनीहरुको अहिले ऋषिकेश एम्समा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?