+

नेपाल र स्कटल्याण्डबीचको खेल रद्द, अंक बाँडियो

२०८१ कात्तिक  २० गते ७:३८ २०८१ कात्तिक २० गते ७:३८
नेपाल र स्कटल्याण्डबीचको खेल रद्द, अंक बाँडियो

२० कात्तिक, काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल रद्द भएको छ ।

आँधीहुरीको सम्भावनापछि खेल रद्द गरिएको हो । वर्षाका कारण प्रभावित बनेको खेल ढिला सुरु भएको थियो । जहाँ खेल रोकिनुअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाएर २६ रन बनाएको थियो ।

डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपालका अनिल शाह १० रन बनाएर बउट भएका थिए । आसिफ शेख ९ रनमा नटआउट थिए ।

लिग टु मा नेपालले वर्षाका कारण अंक बाँडेको यो दोस्रोपटक हो । यसअघि क्यानडा भ्रमणमा पनि नेपालले वर्षाकै कारण ओमानसँग अंक बाँडेको थियो ।

अहिलेसम्म लिग टु का तीन सिरिज खेलेको नेपालले जम्मा २ खेल मात्र जितेको छ र १२ खेलबाट ६ अंक जोडेर अंकतालिकाका सातौं स्थानमा छ ।

स्कटल्याण्ड १२ खेलबाट १४ अंक जोडेर तेस्रो स्थानमा छ ।

आईसीसी लिग टु नेपाली क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय