+
+

तिहारपछि तोलामा २९०० घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २० गते १०:३८

२० कात्तिक, काठमाडौं । तिहारपछि सुनको भाउ तोलामा २९०० घटेको छ ।

तिहारअघि गत बिहीबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार १०० रुपैयाँ पुगेको थियो । आज मंगलबार १ लाख ६८ हजार २०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारको प्रभावले नेपाली बजारमा पनि मूल्य घटेको हो । चाँदीको भाउ तिहारपछि तोलामा ६० रुपैयाँ घटेको छ । गत बिहीबार प्रतितोला २०९० रुपैयाँ रहेको चाँदी आज २०३० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?