+
+

रवि लामिछानेको समर्थनमा नाराबाजीमा उत्रिएका ७ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २० गते १३:४८

२० कात्तिक,पोखरा । पूर्वगृमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउ विरोधमा उत्रिएका ७ जना प्रदर्शनकारी पक्राउ परेका छन् । निषेधित क्षेत्र तोडेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि आज अदालत लगिएको छ । सोही क्रममा उनका समर्थकसहित कार्यकर्ताले अदालत बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

निषेधित क्षेत्रभन्दा अगाडि प्रहरी घेरा तोड्न खोजेपछि झडपसमेत भएको छ । प्रहरीले लाठीचार्ज, अश्रुग्यास प्रहार गरेर निषेधित क्षेत्रको घेरा तोड्न दिएको छैन

अहिले पनि रत्नचोकमा रास्वपाका नेताकार्यकर्ताले प्रदर्शन गरिरहेका छन् । रवि लामिछानेसहित ४ जनाको म्याद थपबारे अहिले बहस भइरहेको छ ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?