+
+

बियोन्सेदेखि टेलर स्विफ्टसम्म : अमेरिकी राष्ट्रपतीय चुनावमा कुन सेलिब्रेटीको समर्थन कसलाई ?

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २० गते १४:३८
पपस्टार बियोन्से ह्युस्टनको सभामा ह्यारिसलाई इन्डोर्स गर्दै (बायाँ) र टेलर स्विफ्ट ।

काठमाडौं । अमेरिकामा आज राष्ट्रपतीय निर्वाचन हुँदैछ । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् । रोचक के छ भने, अमेरिकी राष्ट्रपतीय चुनाव नेपथ्यमा सेलिब्रेटीबीचको प्रतिस्पर्धा पनि हो ।

उम्मेदवारले प्रस्तुत गरेका मुद्दालाई समर्थन गर्दै सेलिब्रेटी पनि उनीहरुको पक्षमा खुलेका छन् । अधिकांश ठूला सेलिब्रेटीको समर्थन ह्यारिसलाई छ भने ट्रम्पको पक्षमा पनि कलाकार खुलेका छन् ।

ठूला सेलिब्रेटीले ‘स्टारपावर’ ह्यारिसको पक्षमा प्रस्तुत गरेका छन् । पपस्टार बियोन्सेले ह्युस्टनमा आयोजित चुनावी र्‍यालीमा ह्यारिसलाई इन्डोर्स गरिन् । लेडी गागाले पेन्सिलभेनियामा सँगै र्‍याली गरेकी छन् ।

पपस्टार रिहाना, केटी पेरी, जेनिफर लोपेथ, टेलर स्विफ्ट, कार्डी बी, लिज्जो र म्याडोना, एमिनेम, हलिउड फिल्म ‘एभेन्जर्स’का कलाकार समूह (रोबर्ट डाउने जुनियर, क्रिस इभान्स, मार्क रफेलो) हलिउड स्टारहरु ह्यारिसन फोर्ड, लियोनार्दो डिक्याप्रियो ह्यारिसको पक्षमा खुलेका छन् ।

ट्रम्पको पक्षमा अर्बपति इलन मस्कसहित इन्टरनेटका भाइरल फिगर खुलेका छन् । जो रोगन, डार्क म्यागा एलोन मस्क, जेक पल, हल्क होगन, निकी जाम, डा बज एल्ड्रिन, मेल गिब्सन, टकर कार्लसन, रोबर्ट एफ केनेडी जूनियर, जोन भोइग्ट, जाचेरी लेवी, कान्ये, कोडाक ब्ल्याक ट्रम्पको पक्षमा खुलेका छन् ।

दाना ह्वाइट, रिसेल ब्रान्ड, किड रक पनि ट्रम्पको पक्षमा छन् । उनीसँग महिला समर्थकहरू पनि छन् जस्तै ब्रिटनी माहोम्स, ड्रिया डे माटेओ, सवाना क्रिसले, एम्बर रोज, सेक्सी रेड छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?