+
+

मानव बेचबिखन कसुरमा रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २० गते १६:५८

२० कात्तिक, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषा जनकनन्दिनी गाउँपालिका–४ ठेगाना भएका दिलीप राउत छन् ।

नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्न मंगलबार नेपाल फिर्ता ल्याइएको छ ।

उनीविरुद्ध गत १८ असोजमा रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसुर बमोजिम कानुनी कारबाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?