
२१ कात्तिक, काठमाडौं । धाडिङको आदमघाटमा २ वटा यात्रुबाहक बस ठोक्किँदा ११ जना घाइते भएका छन् ।
मुग्लिन-काठमाडौं सडकखण्डमा पर्ने धादिङको आदमघाटमा बुधबार बिहान २ वटा बस आपसमा ठोक्किएका हुन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पृथ्वीलोकमार्गमा काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको बा ४ ख ४४७६ नं.को बस र विपरित दिशाबाट आउँदै गरेको बा ५ ख ३४९५ नं.को बस एक आपसमा ठोक्किएका थिए ।
सामान्य घाइतेलाई आदमघाट अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र गजुरी र गम्भीर तथा मध्यम घाइतेलाई काठमाडौं ट्रमा सेन्टरमा रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4