+

सुदूरपश्चिमले जित्यो नरेश श्रेष्ठ मेमोरियल यू-१९ राष्ट्रिय क्रिकेटको उपाधि

२०८१ कात्तिक  २१ गते १४:४८ २०८१ कात्तिक २१ गते १४:४८
सुदूरपश्चिमले जित्यो नरेश श्रेष्ठ मेमोरियल यू-१९ राष्ट्रिय क्रिकेटको उपाधि

२१ कात्तिक, काठमाडौं । नरेश श्रेष्ठ मेमोरियल यू–१९ पुरुष राष्ट्रिय ओडीआई क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।

विराटनगरमा बुधबार लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो । अघिल्लो सिजनमा पनि सुदूरपश्चिमले लुम्बिनीलाई नै पराजित गरेर उपाधि जितेको थियो ।

१२८ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४३.१ ओभरमा ११९ रनमा अलआउट भयो । लुम्बिनीका कप्तान आकाश त्रिपाठीले २२,  शिव कुँवरले २०, विजय कोहरले १९, समीर अली मुसलमानले १८, सन्तोष यादवले १२ रन बनाए ।

सुदूरपश्चिमका कप्तान हेमन्त धामीले ४, सचिन भट्ट र नरेन राउदले दुई/दुई र अशोक धामीले एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका अभिशेक थापाले २९, नरेन भट्टले २७, नरेन साउदले १५, राजेश ऐरले १४, दीपक रोकायले ११, अशोक धामीले ८, हेमन्त धामीले ६ रन बनाएका थिए ।

लुम्बिनीका सन्तोष यादबले ५, रमेश कुर्मीले ३ र शिव कुँवरले एक विकेट लिए ।

नरेश श्रेष्ठ यू-१९ क्रिकेट नेपाली क्रिकेट यू १९ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय