+
+

राष्ट्रपति पौडेलले दिए ट्रम्पलाई बधाई

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २१ गते १७:४४
२१ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।
 
पौडेलले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । ट्रम्पलाई बधाई दिँदै राष्ट्रपति पौडेलले नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ हुने विश्वस्त व्यक्त गरेका छन् ।
 
‘…संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालको लागि तपाईंलाई सफलताको शुभकामना’ पौडेलले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘तपाईंको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ हुनेमा म विश्वस्त छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?