+
+

रिलायन्स स्पिनिङ मिल्सलाई उच्च अदालतबाट सफाइ, सेयर निष्कासन अवरोध हट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २१ गते १८:०३

२१ कात्तिक, काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई प्रिमियम मूल्यमा साधारण सेयर निष्कासन गर्न उच्च अदालतबाट बाटो खुलेको छ ।

सेयर निष्कासनविरुद्ध परेको रिटलाई  अदालतले बुधबार खारेज गरिदिएको छ । हरिबहादुर केसीसहित चार जनाले गत २५ असारमा दायर गरेको रिट उच्च अदालतले खारेज गरिदिएको हो ।

अब रिलायन्सलाई बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न कानुनी बाटो खुलेको छ । यद्यपि नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष चयन गर्न नसक्दा रिलायन्सदेखि अरू दर्जनौं कम्पनीको सेयर निष्कासनसम्बन्धी फाइलहरू महिनौंदेखि अलपत्र पर्दै आएको छ ।

यसअघि कम्पनीले वित्तीय विवरणमा जालझेल गरेको आरोप लागेको थियो ।   रिलाइन्सको आईपीओ विवाद चर्किएपछि संसदको सार्वजनिक लेखा समितिले पनि यसमा चासो देखाउँदै प्रक्रिया रोक्न र कागजात जाँच गर्न  बोर्डलाई भनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?