+
+

धार्के–सीतापाइला सडक पुनः १५ दिन बन्द हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २२ गते १२:३९

२२ कात्तिक, काठमाडौं । काठमाडौंको सीतापाइला र धादिङको धार्के जोड्ने सडक पुनः १५ दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले कात्तिक २३ गतेदेखि १५ दिनका लागि सडक बन्द गर्न लागिएको जानकारी दिएको हो ।

धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र गर्ने काम सुरु भएको भन्दै धार्के–सितापाइला सडकखण्ड यसअघि कात्तिक ४ गतेदेखि बन्द गरिएको थियो ।

धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले कात्तिक २१ गते जारी गरेको पछिल्लो सूचनामा कात्तिक २३ गतेदेखि १५ दिनसम्म सडक बन्द हुने उल्लेख छ ।

यो अवधिमा एम्बुलेन्स, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र हलुका सवारी साधन (चारपांग्रे)बाहेकका सबै प्रकारका सवारी साधनहरुलाई पूर्णरुपमा रोकिने छ ।

विकल्पको रुपमा गल्छी–विदुर–छहरे–टोखा वा धार्के–नौबिसे–नागढुंगा सडक प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?