+
+

‘एसक्यूसी’ को १८औं सम्मेलन तीन दिन चल्ने

स्कुले विद्यार्थीलाई सर्वगुण सम्पन्न बनाउने शैक्षिक कार्यक्रम ‘विद्यार्थी गुणीय चक्र’ (एसक्यूसी) को १८औं राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २२ गते १७:३०

२२ कात्तिक, काठमाडौं । स्कुले विद्यार्थीलाई सर्वगुण सम्पन्न बनाउने शैक्षिक कार्यक्रम ‘विद्यार्थी गुणीय चक्र’ (एसक्यूसी) को १८औं राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।

२४ देखि २६ कात्तिकसम्म क्वेस्ट नेपालको आयोजनामा काठमाडौं नैकापस्थित ब्राइट फ्युचर माविमा उक्त सम्मेलन हुनेछ ।

सम्मेलनमा नेपालका ७४ विद्यालयका ५ सयभन्दा बढी विद्यार्थी, १ सय पर्यवेक्षक, श्रीलंकाबाट अन्तर्राष्ट्रिय पर्यवेक्षक, शिक्षक, प्राध्यापक, शिक्षाविद् लगायत सहभागी हुने आयोजकले जनाएको छ ।

सम्मेलनबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा क्वेस्ट नेपालका प्रमुख संरक्षक प्रा. डा. दिनेशप्रसाद चापागाईंले नेपालमा एसक्यूसी सुरु भएको साढे दुई दशकमा विद्यार्थीको गुणस्तर बढाउन महत्त्वपूर्ण योगदान पुगेको बताए ।

क्वेस्ट नेपालका वरिष्ठ उपाध्यक्ष देवराज घिमिरेले हाल १ सयभन्दा बढी विद्यालयमा सहपाठ्यक्रम तथा पाठ्यक्रमका रूपमा एसक्यूसी सञ्चालन तथा पठनपाठन भइरहेको बताए ।

यो सम्मेलनमा देशका २८ हबबाट छानिएका विद्यार्थी प्रतिनिधिले एसक्यूसीको कार्य प्रतिवेदन प्रस्तुतीकरण, मामिला अध्ययन प्रतिवेदन पेस गर्ने, प्यानल छलफल गर्ने, मनशा स्मृति सर्वगुणीय व्यक्ति पुरस्कार, राजकुमार महर्जन स्मृति राष्ट्रिय एसक्यूसी विद्यालय पुरस्कार प्रदान गर्ने, प्रतिस्पर्धात्मक खेल लगायत हुनेछन् ।

सम्मेलनको सहआयोजक ब्राइट फ्युचर माविका अध्यक्ष तथा क्वेस्ट नेपालका उपाध्यक्ष मोहन कार्कीले काठमाडौंमा हालसम्म तीन स्कुलले मात्र यस्तो सम्मेलन गर्न पाएको र यसपालि ब्राइट फ्युचरले पाएको बताए ।

त्यसैगरी ब्राइट फ्युचरका प्रधानाध्यापक दयाराम थापाले सम्मेलनमा ४ देखि १० कक्षाका विद्यार्थी सहभागी हुने र विहान ७ देखि साँझ ५ बजेसम्म सञ्चालन हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?