
२४ कात्तिक, काठमाडौं । जजिराको विमान गौतम बुद्ध विमानस्थलमा अवतरण गरेको छ ।
विमानले कुबेतबाट १७१ जना यात्रु ल्याएको र फर्किंदा भैरहवाबाट १६८ जनाले टिकट काटेको महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।
यसअघि पनि जजिराले यस विमानस्थलमा उडान गरेको थियो ।
जजिराले अब मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने तय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4