
२४ कात्तिक, काठमाडौं । भैरहवाको गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार दोस्रो विमान पनि अवतरण गरेको छ ।
शनिबार दिउँसो जजिरा एयरको विमान अवतरण गरेको भैरहवामा दिउँसो फ्लाइ दुबइको जहाज अवतरण भएको हो ।
दुबईबाट आएको यो जहाज दिउँसो साढे २ बजे भैरहवामा अवतरण गरेको थियो । यस उडानबाट आएका १० यात्रु भैरहवामा ओर्लिएका छन् । बाँकी १४९ जना यात्रु लिएर यो जहाज अब काठमाडौं आउनेछ ।
भैरहवाबाट शनिबार राति नै नेपाल वायु सेवा निगमले पनि उडान गर्दैछ ।
गौतमवुद्ध विमानस्थलबाट यो हप्ता आइतबार, बुधबार, शुक्रबार र शनिबार २/२ र सोमबार, मंगलबार र बिहीबार ३/३ उडान हुने विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4