+
+

स्वास्थ्यमा सरुवा : बास्तोलालाई मन्त्रालय तानियो, श्रीपाइलीलाई गेटा पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २५ गते १२:१४
डा. अनुप बास्तोला

२६ कात्तिक, काठमाडौं । स्वास्थ्य मन्त्रालयले केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ । गत शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको जिम्मेवारी हेरफेर गरिएको हो ।

मन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका निर्देशकबाट केही समयअघि मात्रै टेकु अस्पताल पठाइएका डा. अनुप बास्तोलालाई मन्त्रालय तानिएको छ । उनलाई मन्त्रालयमै विशेष जिम्मेवारी दिनेगरी सरुवा गरिएको हो ।

त्यसैगरी, गेटा अस्पतालको नेतृत्वको जिम्मेवारी सेती प्रादेशिक अस्पतालमा कार्यरत डा.अशोक श्रीपाइलीलाई दिइएको छ । गेटामा कार्यरत डा विप्लव सापकोटालाई फिर्ता बोलाइएको छ ।

त्यसैगरी स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रमा कार्यरत डा. भक्त केसीलाई मन्त्रालयको समन्वय महाशाखामा तानिएको छ । डा केसीको ठाउँमा उपेन्द्र ढुंगानालाई सरुवा गरिएको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको समेत नेतृत्व सम्हालिरहेका सिंहदरबार वैद्यखानाका निर्देशक डा.प्रदीप केसीलाई वैद्यखानामै केन्द्रित गर्ने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?