+
+

बैंग्लोरमा नेपाली दम्पतीमाथि १५ करोड बराबरको नगद र गहना लुटपाटको आरोप

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २५ गते १३:२८

२५ कात्तिक, काठमाडौं । भारतको बैंग्लोरमा नेपाली दम्पतीमाथि १५ करोड भारतीय रुपैयाँ बराबरको नगद र गरगहना लुटपाट गरेको आरोप लागेको छ ।

विजयनगरस्थित अरिहान्त ज्वेलर्सका सञ्चालक सुरेन्द्रकुमार जैनले आफ्नो घरबाट १५ करोड बराबरको नगद र गहना चोरिएको भन्दै तीन दिनअघि बैंग्लोर प्रहरीमा उजुरी दिएका छन् ।

बैंग्लोरको पत्रिका डेकन हेराल्डले समाचारमा उल्लेख गरेअनुसार, जैनले घरको लकरबाट ती सामानहरू चोरिएको बताएका छन् र यसमा उनका नेपाली कर्मचारी नवराज र उनकी पत्नी संलग्न रहेको दाबी गरेका छन् ।

उनका अनुसार, नवराजले ६ महिनाअघि सहयोगका रुपमा स्टोरमा काम थालेका थिए । उनलाई बस्ने ठाउँ नभएपछि घरको बेसमेन्टमा रहेको सुरक्षा गार्डको कोठामा बस्न दिएको उनले भनेका छन् । त्यसक्रममा उनकी श्रीमतीले जैनको घरायसी काममा पनि सहयोग गर्दै आएको समाचारमा भनिएको छ ।

प्रहरीले बताएअनुसार, सामान चोरी भएका बेला जैन र उनको परिवार धार्मिक कार्यका लागि गुजरात गएको थियो । त्यही बेला नवराजले श्रीमती र थप दुई जना अज्ञात व्यक्तिको सहयोगमा घरमा प्रवेश गरेर चोरी लगेको आरोप लगाइएको छ ।

डेकन हेराल्डका अनुसार, प्रहरीले उनीहरु नेपाल भागिसकेको आशंका गरेको छ । र, प्रहरीको एउटा टोली उनको खोजीका लागि नेपाल आएको भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?