+
+

एआईको मद्दतमा बनाइएको ‘बिटल्स’को गीत ग्रामीका २ विधामा मनोनयन

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २५ गते १४:३३

काठमाडौं । ब्यान्ड विभाजन भएको ५० वर्षपछि ‘बिटल्स’का दुई गीत यसवर्षको ग्रामी अवार्डमा मनोनयन भएका छन् । ब्यान्डको अन्तिम गीत ‘नाउ एन्ड देन’लाई गतवर्ष कृत्रिम बौद्धिकता (एआई)को मद्दतमा पुनःस्थापना गरिएको थियो ।

यो गीत यसवर्ष ग्रामीको महत्वपूर्ण विधा ‘रेकर्ड अफ द इयर’का लागि मनोनित भएको छ । यो विधामा बियोन्से, चार्ली एक्ससीएक्स, बिली इलिश र टेलर स्विफ्टका गीत पनि मनोनित छन् ।

यो गीत उत्कृष्ट रक प्रदर्शनको लागि पनि मनोनित भएको छ, जहाँ यसले ग्रीन डे, पर्ल जाम, र ब्ल्याक कीजसँग प्रतिस्पर्धा गर्नेछ । सन् २०२३ मा रिलिज भएको यो गीतलाई सन् १९७० को दशकमा जोन लेनोनले गाएका पुराना गीत बटुलेर डेमो रेकर्ड गरिएको थियो ।

‘नाउ एण्ड देन’ त्यो समय कहिल्यै रिलिज हुन सकेन किनभने त्यतिबेलाको प्रविधिले गायक लेनोनको आवाज र पियानोको आवाजलाई स्पष्टरुपमा छुट्याउन सकेन ।

सन् २०२१ मा फिल्म निर्माता पिटर ज्याक्सन र उनको ध्वनि टोलीले मेसिन लर्निङ टेक्नोलोजीको साथलाई उपकरण र आवाजलाई अलग गर्न सक्षमता प्राप्त गरे । त्यसपछि पल म्याकार्टनी र रिङ्गोले गीतलाई पुरा गर्न अनुमति प्रदान गरे ।

यद्यपि ‘नाउ एण्ड देन’ मेसिन लर्निङको मद्दतमा तयार भयो । यो अझै पनि एआई वरपरको ग्रामी नियमको सीमा भित्र पर्छ । ग्रामी अवार्ड फेब्रुअरी २ मा अमेरिकाको लस एन्जलसमा आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?