+
+

‘मिस इन्टरनेसनल’मा नेपाल प्रारम्भिक चरणमै बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २७ गते १९:५०
टोकियोमा आयोजित मिस इन्टरनेसनलको फिनालेमा मंगलबार बेलुका मिस नेपाल इन्टरनेसनल करुणा रावत ।

काठमाडौं । नेपाल जापानको टोकियोमा मंगलबार बेलुका सम्पन्न मिस इन्टरनेसनल फिनालेको सुरुआती चरणमै बाहिरिएको छ । मिस नेपाल इन्टरनेसनल करुणा रावतले मुलुकको प्रतिनिधित्व गरेकी थिइन् ।

उपाधिका लागि ७३ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए । यसवर्षको मिस इन्टरनेसनलको उपाधि भियतनामकी हुइन थी थान थुईले जितिन् । भियतनामले पहिलोपटक उपाधि जितेको हो ।

बोलिभियाकी क्यामिला रोका फस्ट रनरअप, त्यसपछि स्पेनकी अल्बा पेरेज, भेनेजुएलाकी साक्रा गुरेरो र इन्डोनेसियाकी सोफी किराना शीर्ष पाँचमा परे । परिचय राउण्डमा नेपालकी करुणाले आकर्षक नेसनल कस्ट्युम प्रस्तुत गरेकी थिइन् ।

यस वर्षको संस्करणमा मानसिक स्वास्थ्य र दिगोपनको थिम तय थियो । सोहीअनुसार करुणाले पनि तयारी गरेकी थिइन् । यसपटक उनले राष्ट्रसंघको सहस्राब्दी विकास लक्ष्यका दुई कार्यक्रम राम्रो स्वास्थ्य र कल्याणबारेको प्रोजेक्ट प्रस्तुत गरेकी थिइन् ।

गतसाता सम्पन्न मिस अर्थमा पनि नेपालले अन्तिम २० मा स्थान बनाउन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?